View Point Long Banner Ad

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र ऊर्जा रूपान्तरण लगायतका विषयमा छलफल भएको थियो। मन्त्री घिसिङले नेपाललाई जर्मनीले दिँदै आएको सहायता बढाउन आग्रह गरे। उनले जर्मनीको सहयोगमा निर्माण भएका मध्य मर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत आयोजनाहरूलाई नेपालको ऊर्जा क्षेत्रको लाइफ लाइन भएको बताए।

मन्त्री घिसिङले पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनाको महत्त्व औँल्याउँदै, ट्रली बस चलाउन र बढ्दो विद्युत् भार व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणालीको विस्तार र सुधार अध्ययनमा सहयोग गर्न आग्रह गरे।
उनले ‘जेनजी आन्दोलन’ का क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए। राजदूत भोल्जले आगामी डिसेम्बरमा सहायता पुनरावलोकनका लागि जर्मनीबाट टोली नेपाल आउने जानकारी गराए।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...