View Point Long Banner Ad

स्रष्टा अभिनन्दन तथा देउडा उत्सवको तयारी तीव्र, को-को हुँदैछन् सम्मानित ?

कैलाली । दोस्रो संकरणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको तीव्र तयारी भइरहेको छ । २९ गते शनिवार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।

उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आयोजना गरिएको जानकारी दिए।कार्यक्रममा विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टाहरूलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ । साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सम्मानित हुँदै छन् । उनका थुप्रै पुस्तक प्रकाशित भइसकेका छन् ।

चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित हुँदैछन् ।

मौलिक लोक सङ्गीत बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल सरगम चौलागाईँलाई पनि सम्मान गर्न लागिएको छ । कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको अध्यक्ष अवस्थीले जानकारी दिए ।

मौलिक लोक सङ्गीत बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल सरगम चौलागाईँलाई पनि सम्मान गर्न लागिएको छ । कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको अध्यक्ष अवस्थीले जानकारी दिए ।

‘अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ’ उनले भने, ‘अघिल्लो वर्षको कार्यक्रम निकै राम्रो भएपछि हामीलाई यस वर्ष पनि आयोजना गर्न उत्साह मिलेको हो । अब प्रत्येक वर्ष हामी लोक संस्कृति चिनाउने गरी कार्यक्रम आयोजना गर्छौ ।’

टिका पुन, लालबहादुर धामी, सुरेश शाही, छत्र शाही, सुप्रीम मल्ल, इस्बु सञ्जय लगायतको मौलिक प्रस्तुति पनि कार्यक्रममा रहने महासचिव अमृत खातीले जानकारी दिए ।कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । राजधानीबाट सुदूर-कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको महासचिव खातीले बताए । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

अघिल्लो वर्ष भाद्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमै कार्यक्रमको आयोजना गरिएको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डी.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...