View Point Long Banner Ad

पोल्यान्डले माग्यो युरोपमा अमेरीकी सेनाको सहयोग

पोल्यान्डका एक वरिष्ठ नेताले युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई व्यापक बढाउन आग्रह गरेका छन् । यो विशेषगरी रुससँग सीमाना जोडिएका मुलुकहरुमा राख्न उपप्रधानमन्त्री जारोस्ल काजिन्स्कीले आग्रह गरेका हुन् । उनले पोल्यान्डमा परमाणुु हतियारको अखडा राख्न पनि आग्रह गरेका छन् ।

‘यदि अमेरिकाले युरोपमा हालको १ लाख सेनालाई बढाएर १ लाख ५० हजार पुु¥याएमा पोल्यान्ड खुसी हुने थियो । यो हामीले रुसको बढ्दो आक्रामकतालाई लिएर आग्रह गरेका हौ,’ जारोस्ललाई उद्धृत गर्दै जर्मन अखबार वेल्ट एम सोनट्यागले उल्लेख गरेको छ ।

पोल्यान्डको सत्तारुढ दलका प्रमुख समेत रहेका जारोस्लले युरोपमा ७५ हजार अमेरिकी सेना नेटोको पूर्वीतर्फ स्थायी रुपमा खडा गरिनुपर्ने बताएका छन् । यसको परिचालनले मस्कोले युक्रेनबिरुद्ध सैन्य आक्रमण गर्नु पूर्व पुरै युुरोपमा झन्डै १ लाख अमेरिकी सेनाको बराबरी हुनेछ ।

पोल्यान्डले आफ्नो सीमामा परमाणुु हतियार राख्न समेत राजी भएको जारोस्लले बताएका छन् । वार्साले युद्धको जवाफमा कडा प्रतिबन्धका लागि आग्रह गरेको छ । यसमा रुसलाई पुरै युरोपको कडा व्यापार प्रतिबन्ध पनि समावेश छ । पोल्यान्डले गत महिनानै युक्रेनलाई मिग फाइटर जेट दिने समेत बताएको थियो ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...