माओवादीको गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि नेकपा एमाले प्रवेश गरेका छन् ।
आज चैत २१ गते नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका छन् । उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य थिए । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि फेरी एमालेमा प्रबेश गरेका छन् ।
वि.सं.२०७८ चैत २१ सोमवार १५:०२
















