View Point Long Banner Ad

बृहत साहित्य महोत्सव हुँदै हेटौंडामा

आँचल साहित्य कला पुञ्जले हेटौंडामा २ दिने साहित्य महोत्सव हुने भएको छ । मकवानपुरका महिला साहित्यकार संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको हो ।

पहिलो पटक हेटौंडामा देशभरका साहित्यकारलाई निम्त्याएर आँचलले साहित्य महोत्सवको आयोजना गर्ने तयारी गरेको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तक्रिर्यासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताइन् ।

महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनको विश्वास रहेको छ । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण मानिने उनले बताइन् । साहित्यलाई अझ परिष्कृत र बलियो बनाउनका लागि पनि महोत्सव महत्वपूर्ण रहने उनको भनाई छ ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहने संस्थाले जनाइएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने उक्त महोत्सवको फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ भने महोत्सवमा ‘साहित्यमा राजनीति’, ‘समकालीन कविताको मार्ग चित्र’ र ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहस तथा रचना वाचन, साङ्गीतिक कार्यक्रम, पुस्तक र कला प्रदर्शनीको कार्यक्रम रहने छ ।

महोत्सव अन्तर्गत ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् । त्यसैगरी पर्यटकीय स्थल गुम्बाडाँडामा हुने ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा भने तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...