रोमान्टिक चलचित्र ‘खिलाडी’ को ट्रेलर सार्वजनिक
दक्षिण भारतका हास्य र रोमान्सका एक स्टारको नामले चिनिने सुपरस्टार रवि तेजाको बहुप्रतिक्षित एक्सन इन्टरटेनर फिल्म ‘खिलाडी’ को ट्रेलर सार्वजनिक भएको छ ।
एक्सनसँगै कमेडी र रोमान्सले भरिएको यो फिल्मको ब्रुअरी ११ मा हलमा रिलिज हुने तयारीमा छ ।
रवि तेजा रोमान्टिक शैलीमा देखिएको यो चलचित्रमा पेन स्टुडियोले ए स्टुडियोको सहकार्यमा निर्माण भएको छ । फिल्ममा मिनाक्षी चौधरी, डिम्पल हयाती, अर्जुन सर्जा र अनसूया भारद्वाजको मुख्य भूमिकामा देखिनेछन् ।
वि.सं.२०७८ माघ २६ बुधवार ११:१०
















