View Point Long Banner Ad

आईपीओ निष्कासनको तयारीमा राष्ट्र उत्थान लघुवित्त

आउने फागुन ४ गतेबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ।

समीक्षा अवधिमा संस्थाको खुद नाफामा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद ब्याज आम्दानीमा ५७ प्रतिशतलगायत अधिकांश सूचकमा प्रगति हासिल गरेको छ। खराब कर्जा ९एनपीएल० करिब ५९ प्रतिशत घट्न गई १।०३ प्रतिशतमा सीमित राख्न संस्था सफल भएको छ। जुन लघुवित्त वित्तीय संस्थाहरुमध्येकै कम हो।

संस्थाले हालसम्मको सञ्चित मुनाफा र चालु आवको बाँकी ६ महिनामा आर्जन गर्ने मुनाफाबाट आगामी वर्ष सेयरधनीहरुलाई करिब ५० प्रतिशतभन्दा बढी लाभांश सजिलै बाँड्न सक्ने देखिन्छ।

यसका साथै प्रकाशित आह्वानपत्रबमोजिम संस्थाको आब २०७८र७९ मा खुद मुनाफा करिब रु।८ करोड ५ लाख, आव २०७९र८० मा रु। १९ करोड ७३ लाख र आव २०८०र८१ मा रु २७ करोड ५ लाख हुने प्रक्षेपण गरिएको छ। सोही अवधिमा प्रतिसेयर आम्दानी क्रमशः रु। ३०।९८, रु। ७५।९० र रु। १०४।०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने देखिएको छ।

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाले जारी पुँजी २६ करोडको ३२।६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०।५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गते बैंकिङ समयपछि हुने भनिएको छ।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...