एनपीएलमा रोहितको सर्वाधिक रनको कीर्तिमान बोपाराले तोडे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका रोहित पौडेलले बनाएको सर्वाधिक रनको कीर्तिमान चितवनका रवि बोपाराले आठौँ खेलमा तोडेका छन्।
इंग्ल्यान्डका अलराउण्डर बोपाराले बुधबार बिहान भएको खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएसँगै रोहितलाई पछि पारेका हुन्। रोहितले ७ खेलमा २७९ रन बनाएका थिए।
बोपाराले ८ खेलमा २८६ रन बनाएका हुन्।
वि.सं.२०८१ पुस ३ बुधवार १२:३३
















