View Point Long Banner Ad

एन्फा महिला लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई–दई गोल गरे भने एक आत्मघाती गोल भएको थियो ।

खेलको ३८औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३–० गोल अन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन् । विमलाले खेलको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइन् ।

जितसँगै आर्मीले आठ खेलबाट १९ अङ्क जोड्दै अङ्क तलिकाको दोस्रो स्थानमा रहेको छ । समान आठ खेल खेलेको वालिङ १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ ।


बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग...

वि.सं.२०८१ चैत ३१ आइतवार १५:३१

  ३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ...

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव...

वि.सं.२०८१ चैत २६ मंगलवार १५:१७

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा...

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल...

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:२५

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय...

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५६

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले...

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले...

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५२

  १२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य...

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

वि.सं.२०८१ चैत १ शुक्रवार १२:०४

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले...