View Point Long Banner Ad

एन्फा महिला लिगमा एपीएफद्वारा संकटा पराजित

काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे ।

खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् ।

एक मिनेट नबित्दै संकटाकी ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा साबित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन् । लगत्तै निशा थोकरले उक्त बल क्लियर गर्दै एपीएफको संकट टारिन् ।

२१ औं मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन् ।

अनिता केसीले ५१ औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन् । एपीएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो ।

पेनाल्टी लाइनबाट सविताले गरेको उत्कृष्ट गोलमार्फत एपीएफले ३–० को सहज अग्रता बनाएको हो । सरुले दिएको थ्रो पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन् । यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन् । एपीएफकी सरु लिम्बू प्लेयर अफ दी म्याच भइन् ।

जितसँगै साविक विजेता एपीएफले लिगको शीर्र्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिगको शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

शीर्ष स्थानको एपीएफले पाँचौं जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो । यद्यपि, पुलिसले एक खेल कम खेलेको छ ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्र्याए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन । ६ खेलमध्ये संकटाको यो तेस्रो हार हो । संकटा पाँच अंकससहित सातौं स्थानमा छ ।


बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग...

वि.सं.२०८१ चैत ३१ आइतवार १५:३१

  ३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ...

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव...

वि.सं.२०८१ चैत २६ मंगलवार १५:१७

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा...

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल...

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:२५

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय...

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५६

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले...

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले...

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५२

  १२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य...

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

वि.सं.२०८१ चैत १ शुक्रवार १२:०४

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले...