View Point Long Banner Ad

ओडीआईमा नेपाल क्यानडासँग पहिलो पटक पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए ।

क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।

कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।


बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग...

वि.सं.२०८१ चैत ३१ आइतवार १५:३१

  ३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ...

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव...

वि.सं.२०८१ चैत २६ मंगलवार १५:१७

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा...

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल...

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:२५

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय...

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५६

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले...

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले...

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५२

  १२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य...

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

वि.सं.२०८१ चैत १ शुक्रवार १२:०४

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले...