View Point Long Banner Ad

अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं ः उपप्रधानमन्त्री सिंह

११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम सुरु गर्ने बताएका छन् ।

काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताएका हुन् ।

 

काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरुलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।

‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित शहरका रुपमा लैजानका लागि हामीले कुनै न कुनै बिन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने ।

 

उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरुलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्‌बाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरुले गति पाएको सिंहको भनाई थियो ।

‘सहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दो कान्छो मन्त्रालयकै रुपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा शहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरुले पनि कोशिस गर्नुभएको हो । परिस्थिती मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर शहरी विकास नीति पास भएको छ,’ उनले भने ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...