View Point Long Banner Ad

सभामुखलाई प्रचण्डले भनेरविको निलम्बनबारे पुनः मूल्यांकन गरियोस्

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गरिएको निलम्बनबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरे ।

‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्‍बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ रु यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने ।

उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा रहेको जिकिर गरे ।

 

‘सरकार आजभोलि बलियो त्यतातिर देखिँदैछ, जब प्रतिशोध लिनुपर्‍यो भने निकै बलियो देखिन्छ । राजनीतिक प्रतिशोधको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ,’ प्रचण्डले भने, ‘सहकारीबाट पैसा ल्याउन कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ । हिजो उहाँलाई अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइ छाड्ने कसरतमा हुनुहुन्छ ।’

उनले सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र सांसद् पद निलम्बन भइहाल्ने हो भने भोलि कति दुरुपयोग होला रु भन्दै प्रश्न गरे ।

‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि त्यसको दुरुपयोग होला । अहिले प्रतिशोध लिँदा त मज्जै लागेको होला । भोलि आफैंमाथि यही लागू भयो भने के होला रु,’ प्रचण्डले भने ।

 

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...