View Point Long Banner Ad

पार्टी बैठकमा रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन नसकेको बताएका हुन् । बैठकमा उनले सुशासनका मुद्दा उठाउँदा प्रतिशोध साँधेर आफू माथि सत्ता पक्ष लागेको आरोप लगाएका थिए ।

बैठकमा लामिछानेले राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मैले खोजेको जवाफ पाएको छैन । हामीले भने जवाफ दिइरहनु परेको छ । अरु राजनीतिक दलका नेता मुछिएका प्रकरणमा मलाई जस्तै किन सोधपुछका लागि बोलाइँदैन ?’

सभापति लामिछानेले संसदीय छानबिन समितिमा दिएको जवाफका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । समितिले सोधेका ५१ प्रश्न र जवाफ समेटिएको सामग्रीलाई पार्टी अभिलेखमा राख्ने जानकारी लामिछानेले गराएका थिए ।

‘प्रतिवेदन पार्टीको अनुशासन आयोगमा दर्ता गराउने र दस्तावेजीकरण गर्ने अभ्यासलाई निरन्तरता दिने कुरा भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । गत शुक्रबार संसदीय छानबिन समितिले लामिछानेसँग ९ घण्टा बढी सोधपुछ गरेको थियो ।

बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानीय तहमा छाया सरकार बनाउने कार्यविधि प्रस्तुत गरेका थिए । उक्त कार्यविधि माथि नेताहरुले सुझाव दिएपछि अर्को बैठकबाट निर्णय गरिने भएको छ ।

उपसभापति डीपी अर्यालले फरक प्रस्ताव पार्टी बैठकमा राखेका थिए । पार्टीलाई सबल बनाउने उद्देश्यले कार्यविधि प्रस्तुत गरेका थिए । अर्यालको प्रस्ताव ‘पार्टी पिलर’ अवधारणासहितको रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी गराए । ‘पार्टी पिलर भनेर उहाँको अवधारणा छ । पार्टीमा सक्षम व्यक्तिहरुलाई कसरी जोड्न सकिन्छ । कस्तो पृष्ठभूमिको व्यक्तिलाई प्रवेश गराउने बारेमा उहाँको अवधारणा थियो,’ झाले भने ।

आजको बैठकले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाट निष्कासन गर्ने गर्ने निर्णय गरेको छ । १ र २ असोजमा हुने राष्ट्रिय भेलाका लागि १४ वटा उपसमिति बनाउने निर्णय पार्टी बैठकले गरेको छ । बैठकमा सांसदहरुले संसदमा खेलेको भूमिका र उठाएका मुद्दाबारे पार्टीलाई रिर्पोटिङ गरेका थिए ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...