View Point Long Banner Ad

विपद्‍बाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ: विपद् प्राधिकरण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरूमा पनि प्रभावकारी ढङ्गले राहत व्यवस्थापन गरिने जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए ।

सबै भन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत विवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
भट्टले धेरै जिल्लामा स्थानीय सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेकाले कुनै समस्या भए केन्द्रबाट आवश्यक सहयोगको तयारीमा रहेको जानकारी दिए ।

प्राधिकरणले यसअघि नै प्रदेशलाई हस्तान्तरण गरिएका विपद् व्यवस्थापन सम्बन्धी गोदाम अहिले प्रयोगमा आएकाले उक्त गोदाममा कुनै कमी हुन नदिन आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

प्राधिकरणका अनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षापछि आएको बाढी पहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोका कारण ४०, बाढीका कारण ११ र चट्याङबाट २ जनाको मृत्यु भएको छ । त्यस्त बाढीमा ५ जना बेपत्ता भएका छन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...