View Point Long Banner Ad

भारतीय पक्षले जमिन अतिक्रमण गरेको झलनाथको दाबी, जाँचबुझ गर्न माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर

खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ । यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो,’ उनले भनेका छन् ।

साथै उनले करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका छन् ।

यस्तो छ खनालले जारी गरेको विज्ञप्ति
समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाइहरू!

हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो। हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ, किनभने हामी कहिल्यै कसैको अधीनस्थ भएनौँ। यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो। त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छँदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदै छन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ ।

नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको छ। यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो। त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन। तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।

यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो ।

म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरूसमेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्राभन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु । अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...