View Point Long Banner Ad

नेपाल आउनुअघि युरोपबाटै भारत जाँदै छिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । युरोपेली देशहरूको लम्बेतान भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा अझै नेपाल फर्किएकी छैनन्। अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्यान्ड्सको हेग प्रस्थान गरेकी उनी युरोपमै भेटघाट र घुमघाममा व्यस्त छिन्। उनी अरू केही दिन विदेशमै रहनेछिन्।

नेपाल आउनुअघि भने उनी युरोपबाट दक्षिणी छिमेकी भारतको नयाँ दिल्ली पुग्नेछिन्, अनि मात्रै काठमाडौँ फर्किनेछिन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी भोलिसम्म जर्मनीमै रहने कार्यक्रम छ। त्यसपछि उनी बिहीबार नयाँ दिल्ली प्रस्थान गर्नेछिन्।

किन दिल्ली जाँदैछिन् त उनी ?

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार, उनी भारतमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्बन्ध विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न त्यहाँ जान लागेकी हुन्।

नेपालको काठमाडौँ विश्वविद्यालयको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको एउटा गैरसरकारी संस्था फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो। शुक्रबार हुने सम्मेलनमा परराष्ट्रमन्त्री राणाले मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछिन्।

दिल्लीमा रहँदा के उनले सरकारी भेटवार्ता गर्ने छिन्

परराष्ट्र मन्त्रालयले मन्त्री राणाले सहभागिता जनाउने कार्यक्रमको भारत सरकारसँग कुनै साइनो नरहेको र सरकारी अधिकारीहरूसँग औपचारिक भेटघाटको कार्यक्रम पनि अहिलेसम्म बनिनसकेको बतायो। तर, भारतीय सञ्चार माध्यमले भने उनले भारतीय समकक्षी एस जयशंकरसँग भेट्न सक्ने उल्लेख गरेका छन्।

समाचार एजेन्सी एएनआईले ‘आउँदो जनवरी दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गर्न सक्ने गरी प्रस्तावित मितिमा छलफल हुन सक्नेछ’ उल्लेख गरेको छ।

मन्त्री देउवा युरोप प्रस्थान गर्दा दिल्ली जाने कार्यक्रम बनिसकेको थिएन। उनी युरोप जाँदा पुस ५ मा नेपाल फर्किने भनी परराष्ट्र मन्त्रालयले कार्यतालिका सार्वजनिक गरेको थियो।

उनी युरोपमै छँदा भारत जाने कार्यक्रम तय भएपछि उनी एक दिन ढिलो अर्थात् पुस ६ गते (शनिबार) नेपाल फर्किनेछिन्।

सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणा लामो समयका लागि देशबाहिर गएकी थिइन्।

बीआरआई सम्झौतालाई कांग्रेसले खुलेर स्वागत नगरेको र पार्टीभित्र बहस झन् चर्काइएका बेला कांग्रेसबाटै परराष्ट्रमन्त्री बनेकी राणा चीनबाट फर्किएपछि २ सातासम्म देशबाहिर रहनुलाई अर्थपूर्णरूपमा लिइएको छ। यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन। कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए। परराष्ट्रमन्त्री राणा पनि भ्रमण टोलीमा थिइन्।

चीनबाट फर्किएको पर्सिपल्टै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन्।

राणा यसअघि भदौ २ गते भारतको पाँच दिने औपचारिक भ्रमण गएकी थिइन्। खासमा उनी उपचारका लागि जाने तय भएपछि त्यस भ्रमणलाई द्विपक्षीय बनाउने गरी चाँजो मिलाउन दिल्ली तयार भएको थियो। त्यस क्रममा दिल्लीले उनको उनलाई महत्त्वका साथ स्वागत र मानमनितो दिएको थियो।

यसबीचमा प्रधान सेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गरेर फर्किएका छन्। उनले त्यहाँ केही महत्त्वपूर्ण भेटवार्ता पनि गरेका थिए।

मंसिर २६ देखि ३० सम्मको भारत भ्रमणका क्रममा उनले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ डिफेन्स स्टाफ अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...