चीनसँग ऋण लिनै हुन्न भन्ने सिद्धान्त बनाउनुहुँदैन ः लोहनी
पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले चिनियाँ विकास परियोजना अन्तर्गतका आयोजनामा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
चीन भ्रमणको विषयमा सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजना गरेको पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा डा. लोहनीले यस्तो सुझाव दिएका हुन्।
डा.लोहनी प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपांको केन्द्रीय निर्देशन समितिको अध्यक्षसमेत छन्।
‘बीआरआईमा ऋण लिने वा नलिने भन्ने कुरा सरकारको निर्णयको कुरा हो, तर बीआरआईमा ऋण लिनै हुन्न भन्ने कुरालाई सिद्धान्त नै बनाउनु भने हुँदैन’ छलफलमा आफूले दिएको सुझावबारे डा। लोहनीले भने, ‘बीआरआईमा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त बनाउनु भयो भने त्यो ठूलो गल्ती हुनेछ।’
प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले बीआरआई परियोजना अन्तर्गत ऋण लिनै हुँदैन भन्ने अडान लिइरहेका बेला डा। लोहनीले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन्।
कांग्रेसको यही सुझावलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले सो छलफलमा बीआरआई परियोजना अन्तर्गत ऋण नलिने कुरा बताएका थिए।
डा। लोहनीका भनाइमा, उनले प्रधानमन्त्री ओलीलाई आसन्न भ्रमणका क्रममा चीनसँग विद्युत प्रशारण लाइन निर्माणका विषयमा सम्झौता गरेर आउन सुझाव दिएका छन्।
‘चीनसँगको कनेक्टिभिटीका क्षेत्रहरुलाई अझ ब्रोड ९फराकिलो० बनाएर आउनुस् भन्ने सुझावपनि दिएको छु’ उनले भने, ‘पुरा गर्न सक्ने कुरामात्र गर्नुस्, नसक्ने कुरा गर्दै नगर्नुस् भन्ने पनि मेरो सुझाव रहेको छ।’
‘यस्तो सुझाव मैले किन दिएको हुँ भने, गर्नै नसक्ने कुरा गर्दा–गर्दा विदेशीहरुले हामीलाई पत्याउनै छाडिसके’ उनले थपे, ‘त्यसैले, हामीले विदेशीहरुसँग गर्नसक्ने कुरामात्र गर्नुपर्छ, प्रधानमन्त्री ओलीलाई पनि यस्तै सुझाव दिएको छु।’
दोस्रो पटक प्रधानमन्त्री बन्नुअघि ओलीले केरुङबाट रसुवा–नुवाकोट हुँदै काठमाडौँसम्म चुच्चे रेल ल्याउने सपना बाँडेका थिए, जो अझै पुरा भएको छैन।
‘तपाईंको सुझाव यसै कुरातर्फ लक्ष्यित त थिएन ’ डा.लोहनीले भने, ‘त्यसलाई मात्र लक्ष्यित गरेर भनेको होइन, समग्रमा भनेको हुँ।’
भारतको साटो चीन भ्रमणमा जाने निर्णय गरेकोमा पछुतो नमान्न पनि उनले ओलीलाई सुझाव दिएका थिए।
‘चीन जान लाग्नुभएको छ, फलानो देशमा पहिले गइनँ भन्ने कुरालाई त्यति ख्याल नगर्नुस्’ उनको सुझाव थियो, ‘जहाँबाट पहिले निम्तो आउँछ, भ्रमणपनि त्यतै गर्ने हो।’
‘कुनै मित्रले खाना खान बोलायो भने पहिले यता जान्छु, अनि त्यता जान्छु भन्ने हो ररु जसले पहिले बोलाउँछ, त्यतै जाने हो नि १’ आफ्नो भनाईको व्याख्या गर्दै लोहनीले थपे, ‘विदेश भ्रमणपनि त्यस्तै हो, जताबाट पहिले निम्तो आउँछ, त्यतै जाने हो।’
वि.सं.२०८१ मंसिर १० सोमवार १५:१५
















