View Point Long Banner Ad

मध्यपुर्वमा जारी युद्ध कसैको हितमा नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपुर्वमा जारी युद्ध कसैको हितमा नरहेको र अवस्था झनै नाजुक बन्दै गएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका थुप्रै देशमा जारी तनावका बारेमा आफ्नो धारणा राख्दै उनले युद्धलाई कूटनीतिक समाधान मात्रै विकल्प रहेको स्पष्ट पारेका हुन् । बाइडेनले आफूहरु आक्रामकताविरुद्ध दृढतापूर्वक खडा रहेको बताए ।

त्यस्तै रुस–युक्रेन आक्रमणका सम्बन्धमा उनले रुसविरुद्ध नेटो मुलुकसँगै युक्रेनी जनता पनि विरोधमा उत्रनुपर्ने बताए । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको युद्ध असफल भएको समेत उनले जिकिर गरे । बाइडेनले चीनलाई कडा सन्देश दिँदै वासिङ्गटनले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो गठबन्धन र साझेदारीको सञ्जाललाई सुदृढ गर्न जारी राख्ने दृढता व्यक्त गरे ।

बाइडेनले यी गठबन्धन र साझेदारीहरू कुनै पनि देशका विरुद्धमा निर्देशित नरहेको समेत स्पष्ट पारे । अमेरिका चीनसँग प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न चाहेको समेत बाइडनको भनाइ थियो । उनले अमेरिकाले विश्वलाई सहयोग गर्नबाट पछि हट्न नहुने समेत प्रस्ट पारे ।

भारतलगायत धेरै देशमा शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनको समेत प्रशंसा गर्दै बाइडेनले घानादेखि भारत र दक्षिण कोरियासम्म विश्वभरका मानिसले शान्तिपूर्ण रूपमा आफ्नो भविष्य रोजेको समेत सुनाए ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...