View Point Long Banner Ad

इजरायलको हिजबुल्लाहसँग युद्धको तयारी

एजेन्सी । इजरायलले युद्धको “नयाँ युग“ सुरु भएको बताएको छ ।

लेवनानमा रहेका मुस्लिम लडाकु हिजबुल्लाहलाई लक्षित गरी वाकीटकी र पेजर आक्रमणमा आफ्नो भूमिकालाई मौन स्वीकार गर्दै इजरायलले अव युद्धको नयाँ युग शुरु भएको जनाएको हो ।

बुधवार लेवनानमा वाकीटकी (संचार सेट) विस्फोटमा २० जनाको मृत्यु भएको थियो भने ४५० भन्दा बढी घाइते भएका थिए । त्यसअघि मंगलबार लेवननमा पेजर बिस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै ३ हजारको हाराहारीमा मानिसहरु घाइते भएका थिए । हिजबुल्लाहले लेवनान माथि आक्रमण गर्न र आफूहरु भएको स्थान पत्ता नलागोस भनेर वाकीटकी र सूचनाको लागि पेजर प्रयोग गर्ने गरेको इजरायललको शंका छ । त्यसकारण हिजबुल्लाहको संचारको भित्री भागमा इजरायल प्रवेश गर्न सफल भएको धेरैको बुझाइ छ । तर इजरायलले भने यसमा कुनै प्रतिक्रिया जनाएको छैन ।

इजरायलमाथि गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी आक्रमण गरेपछि इजरायलले हमासमाथि आक्रमण शुरु गरेको थियो । अक्टोबर ७ मा हमासका लडाकु इजरायलमा छिरेर १२ सय भन्दा बढी इजरायली नागरिकको निर्मम तरीकाले हत्या गरेका थिए । २५० जना इजरायली नागरिकलाई हमासले अपहरण समेत गरेको थियो । त्यसमा नेपालका बिपिन जोशी समेत रहेका छन् । केहीलाई छोडे पनि अझै धेरैको अवस्था अज्ञात छ । इजरायलको आक्रमणमा पनि ४० हजार प्यालेष्टिनीको मृत्यु हमासको दाबी छ ।
आफ्नो देशमाथि भएको आक्रमणको बदलामा हमासमाथि इजरायलले युद्ध शुरु गरेको थियो । हमासलाई हतियार लगायत बिभिन्न युद्धका सामग्री उपलब्ध गराउन बिभिन्न देशमा रहेका मुस्लिम लडाकूहरुले सहयोग गरिररहेको इजरायलले अनुसन्धानमा पत्ता लगाएपछि लेवनानको हिजबुल्लाह लक्षित आक्रमण गरेको हो । पेजर र वाकीटकी आक्रमण इजरायलले गराएको हिजबुल्लाहको दाबी छ । पछिल्लो दुई घटनाले लेबनानमा हिजबुल्लाह लडाकुले प्रयोग गर्ने सबै सञ्चार उपकरणहरु इजरायली गुप्तचरको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलले प्रविधि ह्याक गरि आफ्ना सञ्चार उपकरणहरु विष्फोट गराएको हिजबुल्लाहको आरोप छ ।

यसै सन्दर्भमा इजरायलका रक्षा मन्त्रीले हमास र हिजबुल्लाह लक्षित युद्धको “नयाँ युग“ सुरु भएको बताएपछि मध्यपूर्वलाई द्वन्द्वको छेउमा धकेलेको छ । इजरायलले दुईवटा विस्फोटक आक्रमणपछि हिजबुल्लाहसँग युद्धको तयारी गरेको संकेत गरेको छ ।

हिजबुल्लाह नेताले आज लेवनानमा आफ्ना लडाकूहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानमा गएराती गरेको हवाई आक्रमणमा हिजबुल्लाहका पूर्वाधार साइटहरू र हतियार भण्डारणमा लक्षित गरेको बताएको छ। हिजबुल्लाह विश्वमा शक्तिशाली लडाकू समूह मानिन्छ ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...