View Point Long Banner Ad

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको गल्फ कोर्टमा पुन: हत्या प्रयास

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको गल्फ कोर्टमा हत्याको प्रयास भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार आक्रमण गर्ने एक जना पक्राउ समेत परेका छन् ।

ट्रम्प एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको हो । गोप्य सेवाका एजेन्टहरूले ट्रम्प लक्षित राइफलको नाल देखेपछि गोली चलाएको बताइएको छ ।

गल्फ कोर्समा भएको एक संभावित हत्याको प्रयासपछि ट्रम्पलाई सुरक्षित स्थानमा लगिएको थियो । घटनास्थलमा एक एके ४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन् ।

आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको प्रतक्ष्यदर्शीले बताएका छन् । व्हाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ । ह्यारिसले ट्वीट गर्दै हिंसा अमेरिकामा कुनै पनि स्थानमा स्वीकार्य नभएको बताएकी छिन् । घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत जानकारी दिँदै ट्रम्पले आफु सुरक्षित र राम्रो अवस्थामा रहेको बताएका छन् ।

यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि बटलर, पेनसिल्वेनियामा गोली हानिएको घटनापछि आएको हो । यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरुले सो घटनाको अनुसन्धान जारी राखेका छन् ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...