View Point Long Banner Ad

गाजा आक्रमणका क्रममा मारिए १७० पत्रकार

गत ७ अक्टोबरमा गाजापट्टीमा इजरायली आक्रमण सुरु भएदेखि ज्यान गुमाउने पत्रकारको संख्या १७० पुगेको छ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा सहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको सहादतपछि मृत्यु भएका पत्रकारको संख्या १७० पुगेको उल्लेख छ।

विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन तथा पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ।

इजरायली कब्जामा रहेको विमानले मंगलबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै आएको एक विद्यालयमा बम प्रहार गरेको थियो। जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनी मारिएका थिए भने दर्जनौँ घाइते भएका छन्।

आक्रमणको १० महिनाभन्दा बढी समयदेखि गाजामा तनाव जारी छ। युद्धका कारण दशौँ हजार सहिद, घाइते र बेपत्ता छन्। आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ। निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र इन्धनलगायतको आपूर्ति अवरुद्ध हुँदा गाजापट्टीमा अकल्पनीय मानवीय संकट निम्त्याएको छ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...