View Point Long Banner Ad

१.६ अर्ब डलरको लडाकु विमान युरोपमा बेच्दै अमेरिका

अमेरिकाले बुल्गेरियालाई १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले केही संख्यामा एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो ।

राज्य विभागले यो सम्झौता सोमबार पारित गरेको हो । ८ वटा लडाकु विमानका अलावा यसमा केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी ९डीएससीए० ले जनाएको छ ।

‘यो प्रस्तावित बिक्रीले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा लक्ष्यलाई समर्थन गर्छ । यसले नेटोको सदस्यको सुरक्षामा सुधार गर्ने छ,’ एजेन्सीले जनाएको छ । यसले बुल्गेरियन वायु सेनालाई काला सागर क्षेत्रमा नियमित रुपमा आधुनिक लडाकु विमान परिचालन गर्नका लागि अनुमती दिन्छ ।

यद्यपि डीएससीएले यो बिक्रीले क्षेत्रमा आधारभूत सैन्य सन्तुलनको विकल्प नभएको जनाएको छ । यदि सांसदहरुले स्वीकृति प्रदान गरेमा अमेरिकी सम्झौताकारहरु बुल्गेरियामा तीन वर्षसम्म विमानको लजिस्टिक सपोर्टका लागि बस्नेछन् ।

यो लडाकु विमान लकहिड मार्टिनले उत्पादन गरेको हो र अमेरिकी हतियारमा उत्कृष्ट मध्येको एक बहु भूमिका भएको लडाकु विमान हो । यो विमान हाल विश्वका २५ सेनाले संचालन गरिरहेका छन् । २००४ देखि नेटोको गठबन्धनको सदस्य रहदै आएको बुल्गेरियाले पुरानो भइएसकेको सोभियत युगको मिग–२९ लडाकु विमानलाई विस्थापित गर्ने विकल्पको रुपमा प्रयोग गरेको हो ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...