View Point Long Banner Ad

रुस र युक्रेनबीच जारी संकटले तेलको मूल्य उच्च विन्दु

रुस र युक्रेनबीच बढ्दो तनावका बीच तेलको मूल्यमा उछाल आएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७।४४ डलर छ।

रुसले युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ। रुसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

साउदी अरेबियापछि रुस विश्वको दोस्रो ठूलो तेल निर्यातक हो। रुस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक पनि हो।

युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन्। म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टका सु ट्रिनले भने, ‘रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउनेछ र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्नेछ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएका छन्। स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ। उनीहरु सन् २०१४ देखि युक्रेनी सेनासँग लड्दै आएका छन्।

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्न सक्ने पनि आशंका गरिएको छ। –एजेन्सी


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...