बोल्ड पोजमा देखिइन नायिका मलिना जोशी
काठमाडौं । नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी यतिबेला अमेरिका पुगेकी छिन् । केही दिन अगाडि अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनी अमेरिका पुगेकी हुन् । यो सौन्दर्य प्रतियोगीतामा उनी निर्णायकको रुपमा सहभागी भएकी थिइन् । मलिनाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

अमेरिकामा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगीतामा नेपालबाट पूर्व मिस नेपालहरु सहभागी हुने गरेका छन् । नायिका मलिना जोशी नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगीतामा पनि निर्णायकको रुपमा सहभागी हुने गरेकी छिन् ।
वि.सं.२०७८ साउन ३२ सोमवार २१:५९
















