रोजर फेडेररले ओलम्पिक नखेल्ने
स्वीट्जरल्यान्डका स्टार रोजर फेडेररले टोकियो ओलम्पिकमा भाग नलिने भएका छन् । घुँडामा देखिएको चोटका कारण आफु ओलम्पिकमा सहभागी नहुने उनले जनाएका हुन् । यसअघि राफाल नाडालसहितका टेनिस स्टारहरूले ओलम्पिकमा सहभागिता नजनाउने घोषणा गरिसकेका थिए । नोभाक जोकोभिचले पनि ओलम्पिकमा सहभागिता निश्चित गरिसकेका छैनन् । उनले केही दिनभित्रै यसबारे घोषणा गर्ने अनुमान लगाइएको छ । २३ जुनदेखि टोकियो ओलम्पिक सुरु हुँदैछ ।
वि.सं.२०७८ असार ३० बुधवार २१:०७
















