उपराष्ट्रपतिको प्रमुख अतिथ्यता सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्पन्न हुने
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रष्ठिान नेपाल, उपत्यका समन्वय समितिले हरेक वर्ष उक्त कार्यक्रम अयोजना गर्दै आईरहेता पनि कोभिड–१९ का कारण केहि वर्ष रोकिएता पनि यस वर्ष भने भव्य रुपमा सम्पन्न हुने कुरा संस्थाको अध्यक्ष सुजनले जानकारी दिए ।
नेपाली लोक गीत, संगीत तथा लोक दोहोरी क्षेत्रको सबै भन्दा ठूलो र महत्वपूर्ण अवार्ड कार्यक्रम मिति २०७८ फाल्गुन २८ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ । २०६२ साल देखि निरन्तर लोक दोहोरी क्षेत्रको विकाश, संबद्र्धन, प्रबद्र्धन तथा संरक्षणका लागि यो संस्थाले यस्ता महत्वपूर्ण कार्यक्रमहरु को आयोजना गर्दै आएको छ । यसै शिलशिलामा २०६९ साल देखि राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रम आयोजना निरन्तर रुपमा गरिरहेको छ । लोक दोहोरी क्षेत्रका कलाकर्मिहरुले उक्त ऐतिहासिक कार्यक्रमलाई एउटा पर्वको रुपमा मनाउने गरेका छन् ।
कलाकारहरुको हरेक दुःख र सुखको सहयात्री संस्था उपत्यका समन्वय समितिले यस वर्ष सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्माननीय उपराष्ट्रपतिको प्रमुख अतिथ्यतामा सम्पन्न गर्ने कुरा संस्थाका सचिव रामु खड्काले बताए ।
एउटा ऐतिहासिक गरिमा बोकेको संस्थाले कलाकार्मीहरुको क्षेमता अभिबृद्धिका लागि यसरी विभिन्न कार्यक्रम र श्रष्टा, सर्जकहरुलाई सम्मान गर्दै आईरहेको छ । यस वर्षको अवार्ड कार्यक्रम–२०७८ मा लाईफ टाईम एचिभमेण्ट सम्मान–वरिष्ठ लोक गायकः बम बहादुर कार्की, त्यसै गरि संस्थागत सम्मान संस्थामा ठूलो योगदान पु¥याउनु भएका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दशकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाँड, सदाबार लोक गीत कलकत्ते काईयों (स्वा.जयनन्द लामा), लोक पत्रकारिता सम्मान नरेश फुयाल (बाह्रखरी मिडिया) लाई प्रदान गर्ने संस्थले निर्णय गरेको कुरा कार्यक्रम प्रचार प्रसार संयोजक प्रसाद लामिछानेले बताए ।
वि.सं.२०७८ फागुन २५ बुधवार १९:०८
















