View Point Long Banner Ad

बलिउडमा सुन्दर जोडीको यस्तो हुन्छ बास्तविक जिवन !

बलिउड फिल्ममा मायाका कुरा धेरै हुने गर्छ । फिल्ममा प्रेमलाई निकै सहज र सुन्दर देखाइन्छ । तर, वास्तविक जीवनमा भने प्रेमको परिभाषा फरक हुन्छ । फिल्ममा प्रेमको अन्त सुखद भएझैँ वास्तविक जीवनमा भने त्यस्तो नहुन सक्छ । बलिउड फिल्ममा देखिएका सुन्दर जोडीले वास्तविक जीवनमा पनि आफूहरुलाई प्रेमको बन्धनमा नबाँधेका होइनन् । तर, उनीहरुको प्रेमको अन्त सुखद भएन ।

फिल्म ‘मोहरा’ मा बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री रवीना टन्डनले एकसाथ काम गरेका थिए । उनीहरुको अनस्क्रिन रोमान्स केही समयमा नै अफस्क्रिन रोमान्समा परिवर्तन भयो । उनीहरुले तीन वर्षसम्म डेट गरे । र, इन्गेजमेन्ट पनि गरे । तर, उनीहरुको विवाह भने हुन पाएन । अक्षय कुमारले रवीनासँग ब्रेकअपपछि सुन्दर अभिनेत्रीहरुसँग अफेयर चलाउन थाले ।

रवीनासँग ब्रेकअपपछि खेलाडी अक्षय कुमारले अभिनेत्री शिल्पा शेट्टीसँग चक्कर चलाए । उनीहरुको भेट पनि फिल्ममा नै भएको थियो । उनीहरुको सम्बन्ध धेरै वर्षसम्म रह्यो । तर, सन् २००० मा उनीहरुको ब्रेकअप भयो । सम्बन्ध टुटेपछि शिल्पा निकै पीडामा रहिन् । उनले अन्तर्वार्ताका क्रममा अक्षयले आफूलाई प्रयोग गरेको र आफ्नी साथीसँग सम्बन्ध जोडेको आरोप लगाउएकी थिइन् ।

विवाहित गोविन्दाको अभिनेत्री रानी मुखर्जीसँग अफेयरको चर्चा चल्यो । उनीहरुले एकसाथ थुप्रै फिल्ममा काम गरे । गोविन्दा र रानी एकसाथ बस्न पनि थालेका थिए । तर, गोविन्दाकी श्रीमती सुनिता आहुजाले गोविन्दाका सबै सामान आफ्नो कब्जामा लिइन् । त्यसपछि रानी र गोविन्दाको सम्बन्ध टुट्यो ।

आदित्य पंचोलीको नाम सधैं विवादमा तानियो । उनी विभिन्न प्रकरणमा तानिए । उनी कुनै समय अभिनेत्री कंगना रनौतसँग डेट गरिरहेका थिए । उनी जरीना वहाबका पति हुन् । तर, पछि कंगनाले आदित्यमाथि विभिन्न आरोप लगाइन् र उनीहरुको सम्बन्ध विवादमा टुंगियो ।

बलिउड फिल्ममा रणवीर कपूर र दीपिका पादुकोणको जोडी निकै चर्चित छ । यी दुईलाई फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि धेरैले एकसाथ होस् भनी प्रार्थना गर्थे । यी दुई एक अर्कासँग वास्तविक जीवनमा पनि प्रेममा थिए । तर, रणवीरले दीपिकालाई धोका दिए । र, यो जोडीको सम्बन्ध पनि टुट्यो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...