मौसम गुरुङको नयाँ गीत ‘मुग्लिन पुल तरी’ चर्चामा
नेपाली लोकदोहोरी गायक मौसम गुरुङको आवाजमा आएको नया गीत यतिबेला आम नेपालीको मन जित्नेमा देखिन्छ।
गुरुङको प्रस्तुतिमा बजारमा आएको मौलिक गीत ‘मुग्लिन पुल तरी’ बजारमा आएको छ। गीतमा मौसम गुरुङ र कालिका रोकाको सुमधुर आवाज सुन्न पाईन्छ।
गीतमा लय तथा शब्द सृजना भने ओम छिनालको रहेको छ। सितल सिजन डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय भने बिदेशी कलाकारहरुको रहेको छ।
मधुर बस्नेतको छायांकन र दिप गुरुङको निर्देशन रहेको गीतमा मौलिक भेषभुसालाइ र परम्परालाई बिशेष प्राथमिकता दिईएको पाइन्छ।
भिडियो हेरौः
https://youtu.be/j8uAZCY9Wy4?t=327
वि.सं.२०७८ फागुन २ सोमवार ११:३७
















