विनोद परियार र मेलिना राईको कर्णप्रिय आवाजमा “त्यो रुपमा जादु छ” गीत सार्वजनिक
काठमाडौं । अमर दर्लामी मगरको शब्द सङ्गीत र स्मृति तिमल्सिनाको निर्देशन रहेको “त्यो रुपमा जादु छ” बोलको गीत बिहीबार सार्वजनिक भएको छ ।
विन्दबासिनी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा प्यूठानी उदयमान कलाकार, कर्णप्रिय स्वरका धनी एवम् स्रष्टा विनोद परियार र चर्चित गायिका मेलिना राईको सुमधुर आवाजमा रहेको छ ।
मायाप्रेममा आधारित रहेको मौलिक गीतमा अभिनय बद्री तिवारी र ज्योति खड्काले गरेका छन् ।
वि.सं.२०८१ पुस २६ शुक्रवार १२:२४


















