View Point Long Banner Ad

‘नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्छ’

काठमाडौँ । स्वामी आनन्द अरुणले नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमम ओशो तपोवनका संस्थापक अरुणले ध्यान, योग, आयुर्वेद र नेचुरोप्याथी अध्यापनका लागि नेपालमा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि सरकारको ध्यानार्कषण गराए ।

यी चार सङ्कायमा ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीलाई आर्कषण गर्न सकिने उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विश्वविद्यालयको स्थापनाका लागि आग्रह गरे । स्वामी आन्नदले विश्वमा ध्यानको महत्व र आवश्यकता बोध भएसँगै ध्यान प्रशिक्षणको सम्भावना बढेको बताए ।

“विश्वमा ध्यानको बजार सात अर्ब अमेरकी डलरको छ र छिट्टै यो नौ अर्ब डलरको बन्दैछ”, उनले भने, “यो सम्भावनालाई नेपालले उपयोग गर्नुपर्छ, नेपालमा पनि एक अर्ब डलरको बजार बन्नसक्छ ।” उनले अहिले पनि आशो तपोवनमा ध्यानका लागि मात्रै विभिन्न ६० देशबाट मानिसहरु आइरहेको बताए ।

टुँडिखेलमा ध्यान अभ्यास गराउने क्रममा उनले यो दिवस ध्यान गर्ने व्यक्तिको लागि पर्व र सम्पूर्ण नेपालीका लागि गौरवको दिन भएको उल्लेख गरे । “यहि भूूमिमा भगवान शिवले ध्यान विज्ञान विकास गर्नुभयो, यो भगवान गौतम बुद्धको जन्मस्थल पनि हो । स्वामी पदम सम्भव, गुरु नानक, शिवपुरी बाबा, गोकुले बाबा, खप्तड बाबा, पाइल बाबालगायत धेरै गुरुहरुले नेपाली भूमिमा ध्यान गर्नुभएको थियो”, उनले भने ।

गत डिसेम्बर ७ तारिखका दिन संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोहिअनुसार आज नेपालमा पनि देशभर ध्यानको अभ्याससहित यो दिवस मनाइदैछ । नेपालले विगत १० वर्षदेखि यो प्रस्ताव उठाइरहेको स्वामी अरुणले बताए ।

नेपालले राखेको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको सर्वसम्मतीले अनुमोदन भएपछि ध्यानको विकासमा थप हौसला मिलेको उनको भनाइ थियो । स्वामी आनन्दले ध्यानको महत्वको चर्चा गर्दै हरेक व्यक्तिलाई ध्यान अनिवार्य गर्न सुझाव समेत दिए ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...