View Point Long Banner Ad

सरकारको डेटा सेन्टर कर्मचारी अभावले समस्यामा

काठमाडौं । गत १ साउनदेखि सञ्चालनमा आएको सरकारी डेटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्र पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ ।

सरकारले केन्द्रमा दरबन्दीअनुसार प्राविधिक जनशक्ति खटाउन सकेको छैन । ३९ जनाको स्थायी दरबन्दीमध्ये ११ जना कर्मचारी मात्रै स्थायी छन् । ७ जना केन्द्रकै स्वीकृत दरबन्दी कार्यरत हुन् भने ४ जनालाई सूचना प्रविधि विभागबाट खटाइएको महानिर्देशक प्रेमशरण आचार्यले जानकरी दिए ।

केन्द्रले सरकारी डेटाको भण्डारण, सञ्चालन, व्यवस्थापन, प्रशोधन तथा सुरक्षण, साझा कम्प्युटिङ स्रोतहरू, परामर्श सेवा, सरकारी डोमेन दर्ता, इमेल सर्भर, सरकारी नेटवर्क व्यवस्थापन जस्ता संवेदनशील काम गर्छ ।

कोलोकेसन सेवा, भर्चुलाइजेसन, क्लाउड सेवा, वेब होस्टिङ, सफ्टवेयर विकास र जनशक्ति तालिमको जिम्मा समेत पाएको केन्द्रमा अहिले डेटा सेन्टर व्यवस्थापन गर्न पर्याप्त जनशक्ति छैनन् ।

यसले गर्दा केन्द्रबाट सेवा लिइरहेका सरकारी कार्यालयहरुले विभिन्न प्राविधिक समस्या सामना गरिरहेका छन् भने देखापरेका समस्या पनि हल हुन सकेको छैन ।

समस्याग्रस्त रहेको केन्द्रमा पर्याप्त प्राविधिक कर्मचारी र विशेषज्ञहरु नहुँदा सर्भरको व्यवस्थापन, सञ्चालन र मर्मतसम्भार थप जटिल बनेको प्राविधिक अधिकारीहरु बताउँछन् ।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...