शेयर बजारमा उछाल, एकै दिन ७४ अंकले बढ्यो नेप्से
शेयर बजारमा उछाल आएको छ ।
वुधबार ४१ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्सें) परिसूचक बिहीबार एकै दिन ७४ अंकले बढेको छ ।
बिहीबार ७४.९३ अंकले बढ्दै नेप्से २०३७.६४ अंकमा पुगेको हो ।
आज सबै कम्पनीमा हरियाली छाएको छ ।
आजको दिनमा विभिन्न कम्पनीका करिब ७३ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७९ असार १६ बिहीवार १५:४६
















