View Point Long Banner Ad

जुवातासको खालबाट २१ जना पक्राउ

काठमाडौं, दाङ र सर्लाहीबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईसहित ८ जना रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले फक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । सर्लाहीको लालबन्दी नगरपालिका–१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...