च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी, आईसीयूमा उपचार हुँदै
बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना सिकिस्त बिरामी भएका छन् ।
बुटवल उपमहानगरपालिका– १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।
प्रहरीले उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको जनाएको छ ।
वुधबार जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । बेहोस अवस्थामा उनीहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ असार १६ बिहीवार १५:४२
















