View Point Long Banner Ad

आजबाट हिमालयन हाइड्रोपावरको आइपिओ खुल्यो

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ। त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै ‘मेरो शेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी( आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...