View Point Long Banner Ad

आज दोहोरो अंकले बढ्यो सेयर बजार, कुन कम्पनीले कति कमायो ?

साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १।८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा भने उल्लास देखिएन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।

आज कसले कमाए ? कसले गुमाए ?
धेरै बढ्ने पहिलो नम्बरमा इमर्जिङ नेपाल कम्पनी पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य ५१ दशमलव ९० रुपैयाँले बढेर ५७१ दशमलव ७० रुपैयाँ पुगेको छ । ङ्यादी ग्रुप पावर कम्पनीको ४७ दशमलव ४० रुपयाँले बढेर ६६५ दशमलव २० रुपैयाँमा पुगेको छ ।

उता तेस्रो नम्बरमा धेरै बढ्नेमा माउन्टेन नेपाल हाइड्रोको २८ रुपैयाँ १० पैसाले बढेर ४४५ रुपैयाँ पुगेको छ । धेरै घट्नेमा भने एनटीसी पहिलो नम्बरमा देखिएको छ । जसको मूल्य ४६ रुपैयाँले घटेर १५ सय ४ रुपैयाँमा झरेको छ । यसैगरी दोस्रोमा नबिल डिबेञ्चर तेस्रोमा एनआईबीएल समृद्धि फण्ड तेस्रो नम्बरमा देखिएको छ ।


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...