View Point Long Banner Ad

सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बेच्ने खाद्यको योजना स्थगित दसैँमा

काठमाडौँ । जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी)को योजना प्रभावित बनेको छ ।

कम्पनीले अन्ततः यस वर्षको दसैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको छ । कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेले  यो वर्षका लागि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको रातोपाटीलाई बताए ।

पौडेलले  भने, ‘यो वर्ष खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय भयो । अनलाइन बुकिङ खुला गर्ने बित्तिकै सामाजिक सञ्जाल बन्द भयो । बुस्ट पनि गर्न पाइएन । करिब ४० वटा जतिको अर्डर आएको थियो । फेरि आन्दोलनको असर पर्‍यो ।

उनका अनुसार खसीबोका र च्याङ्ग्रा स्थानीय तहहरूसँग समन्वय गरेर ल्याउनु पर्ने हुन्छ । तर, अहिले अवस्था सहज भएपनि सबै प्रक्रिया पूरा गर्न समय नपुग्ने भएपछि अन्ततः स्थगित नै गरिएको उनको भनाइ छ ।  साथै पछिल्लो समय अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध भइरहने समस्या भएकाले पनि थप चुनौती उत्पन्न भएको उनको भनाइ छ ।

खाद्यले यसअघि दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि भदौ १७ गतेदेखि ३० गतेसम्मका लागि अनलाइनमार्फत अग्रिम बुकिङ खुला गरेको थियो । जसअनुसार उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसीबोका वा च्याङ्ग्रा छनोट गरी बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

च्याङ्ग्रा बुकिङका  लागि प्रतिगोटाको ५ हजार रुपैयाँ र खसीबोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क तोकिएको थियो ।  यससँगै बुकिङ सुरु हुन थालेपनि सरकारले बिचमै सामाजिक सञ्जाल बन्द गराएपछि सामाजिक सञ्जालमा निर्भर आफूहरूको बुकिङ सेवा पनि प्रभावित भएको खाद्यको भनाइ छ ।

खाद्यले  यो वर्ष १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने लक्ष्य लिएको थियो । यद्यपि, अनलाइन बुकिङको मागका आधारमा बिक्री गरिने भएकाले यो सङ्ख्यामा केही वृद्धि हुन सक्ने जनाएको थियो । दसैँमा बिक्री वितरणका गरिने खसी–बोका र च्याङ्ग्राका खरिद लागि कम्पनीले ५ करोड रुपैयाँ बराबर छुट्याएको थियो ।

यसका साथै जिउँदो खसी बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइने जनाएको थियो । अब अग्रिम बुकिङ गर्दा उपभोक्ताले बुझाएको शुल्क फिर्ता गरिने खाद्यले जनाएको छ ।

अघिल्लो वर्षको दसैँमा भने खाद्यले १ हजार ५ वटा खसीबोका र  ३०० वटा च्याङ्ग्रा ल्याएर प्रतिकिलो १०/१० रुपैयाँ छुटमा बिक्री गरेको  थियो । जिउँदो खसी तथा बोकाको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिएको थियो । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १ हजार २२० रुपैयाँमा बिक्री गरिएको थियो ।

खाद्यले विगतदेखि नै दसैँ तिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्ने तथा खसी–बोका र च्याङ्ग्रा सुपथ मूल्यमा बिक्री गर्ने गर्दै आएको छ । जसले उपभोक्तामा सामान्य राहत मिल्ने गरेको छ ।

जसअनुसार यो वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ ३० गतदेखि देशभर सुपथ मूल्य पसल भने सञ्चालन गरेका छन् ।

खाद्यले देशको ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

सरकारले चालु वर्षमा देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि ३  करोड ८६  लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये खाद्यलाई २ करोड ५२ लाख रुपैयाँ  र साल्ट ट्रेडिङलाई १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो  । सोहीअनुसार यी दुई कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरी सामान बिक्रीमा प्रतिकिलो दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिँदै आएका छन् ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...