View Point Long Banner Ad

छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्छ ः ईश्वर पोखरेल

१० पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी राष्ट्रसँग कुनै पनि विषयमा आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघका नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रा छिमेकीसँग संयोगले हिमालको पर्खाल खडा छ । धेरै कुरा संवेदनशील भएर प्रस्तुत हुन जरुरी छ,’ पोखरेलले भने, ‘हाम्रो पोलिटिकल लिडरसिपले के गरोस् भन्ने चाहन्छौं भने छिमेकीसँग आई टु आई कुरा गर्ने सामर्थ्य राखुन् । आफ्नो समस्यालाई प्रस्तुत गर्ने सामर्थ्य राखोस् ।’

 

उनले छिमेकी राष्ट्रलाई मुख छाडेर गाली गर्ने वा घुँडा टेक्ने अभ्यास रहेको भन्दै त्यसको विपक्षमा हुनुपर्ने जिकिर गरे ।

‘कि छिमेकीलाई मनपरी मुख छाडेर गाली गने स्कुलिङ छ । कि भने घुँडा टेक्ने अभ्यास छ । हामी दुवै कुराको विपक्षमा हुनुपर्छ । हामी छिमेकीलाई मनपरी गाली गर्ने कुरा पनि गलत हो भन्छौं, घुँडा टेक्ने पनि गलत हो भन्छौं । हामी आई टु आई कुरा गर्नुपर्छ, प्रमाण र ऐतिहासिक दस्तावेजको आधारमा भन्नेमा छौं,’ पोखरेलले भने ।

 

साथै, उनले राष्ट्रिय संकटको बेलामा कांग्रेस र कम्युनिस्ट मिलेको उदाहरण दिँदै प्रतिस्पर्धी हुन् भन्ने कुरा पनि बिर्सन नहुने जिकिर गरे । कहिलेकाँही कम्युनिस्ट र कांग्रेसबीचको प्रतिस्पर्धा अस्वस्थ हुने गरेको पनि बताए ।


फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...