ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि सेवा सुरु गर्दै टिकटक
डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्ना सेवा पुनः सुरु गर्दै छ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो।
टिकटकले अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो।
ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने पनि बताए। यसअघि ट्रम्प टिकटक प्रतिबन्ध लगाउने पक्षमा थिए।
शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमा प्रतिबन्ध लगाउने कानुनका पक्षमा फैसला सुनायो।
यसपछि अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि टिकटकले आफ्नो गतिविधि बन्द गर्यो।
प्रकाशितस् माघ ७, २०८१ सोमबार ७स्५२
द्दघज्ञ
क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलधजबतकबउउ कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल
वि.सं.२०८१ माघ ७ सोमवार १३:११
















