दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका(४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो।
यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।
माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो।
अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ।
वि.सं.२०८१ माघ ७ सोमवार १३:२४
















