View Point Long Banner Ad

नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली फिल्म ‘देववाणी’ आज (बुधबार) बाट देशभर प्रदर्शनमा आउँदै छ ।

आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् ।
क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् ।

भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङ लगायतका फिल्ममा काम गरेका अभिनेता ह्यारीले काठमाडौँ विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने भन्दै नेपालीमा समेत तारिफ गरेका थिए ।

थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन् । मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन् ।

 

निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी मुम्बई फर्किने योजना छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फिल्मका निर्देशक बाबु बलामी, अभिनेत्री अनुजा लेप्चा र निर्माताले स्वागत गरे । अभिनेता जोश आउनुअघि फिल्मका अर्का भारतीय अभिनेता कुन्दन भारद्वाज पनि काठमाडौंमा आएर प्रचारप्रसारमा जुटिसकेका छन् ।

 

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ ।

फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको निर्मात्री समेत रहेकी नायिका अनुजा लेप्चाले बताइन् । नेपालमा क्यूएफएक्स लगायतका हलले शो खुलाएका छन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...