View Point Long Banner Ad

तीनकुनेको हिंसात्मक प्रदर्शन संविधान मास्ने र व्यवस्था उल्टाउने उद्देश्यबाट प्रेरित ः गृहमन्त्री

२२ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले राजावादीहरूले १५ चैतमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक, अमानवीय र उच्छुंखल रहेको बताए ।

 

‘घरमाथि मान्छे छ भन्ने थाहा पाउँदा पाउँदै आगो लगाउने काम भयो । व्यक्तिका घरलाई निशाना बनाइयो । निजी र सरकारी सवारीसाधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण भयो, आगो लगाउने काम भयो । सुरक्षाकर्मीमाथि गाडी कुदाउनेसम्मको प्रयास भयो । यो सबै नियोजित रूपमा अराजकता फैलाउनका लागि गरिएको थियो,’ बैठकमा गृहमन्त्री लेखकले भने ।

तीनकुनेमा भएको कार्यक्रम त्यसै दिन समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको भन्दा विपरीत अमर्यादित, हिंसात्मक, अमानवीय र उत्छृंखल ढंगको रहेको गृहमन्त्रीको भनाइ थियो ।

 

‘नेपालको वर्तमान संविधान उल्टाउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन, समावेशी, समानुपातिक व्यवस्था उल्टाउने उद्देश्यबाट प्ररित थियो । शान्तिपूर्ण रूपमा सरकारलाई आफ्ना विचार धारणा सुनाउन प्रदर्शन आयोजना गरिएको थियो भन्ने सोचियो भने त्यो हाम्रो भ्रम हुनेछ,’ गृहमन्त्रीले भने, ‘सो प्रदर्शनको उद्देश्य नै संविधान उल्टाउने थियो ।’

उनले १५ चैतको हिंसात्मक प्रदर्शनमा ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, २५ फागुनमा पोखराबाट काठमाडौं आउँदा उनलाई राजावादीहरूले गरेको स्वागत, त्यसपछि हौसिएकाहरूले लगातार दिएको अभिव्यक्तिले पृष्ठभूमिको काम गरेको पनि बताए ।

 

‘७ फागुनका अभिव्यक्ति, २५ फागुनको स्वागतमा आयोजित प्रदर्शन, त्यसपछि २५ गतेको त टेलर मात्र हो, सिनेमा बाँकी छ, नेताहरू लुक्ने ठाउँ खोज्दै गर हामी आउँदैछौं भन्दै लगातार दिइएका अभिव्यक्तिले हिंसात्मक प्रदर्शनको पृष्ठभूमि तयार गरेको छ,’ गृहमन्त्रीले भने ।

उनले संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न पाउने, आफ्ना विचार राख्न पाउने र बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुन पाउने ग्यारेन्टी गरेको स्मरण गर्दै नियोजित रूपमै हिंसात्मक प्रदर्शन गरिएकाले त्यस दिन दुःखदायी घटनाहरू भएको बताए ।

उनले सविन महर्जन र सुरेश रजकको परिवारलाई दश–दश लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकाशाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यस्तै, सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको गृहमन्त्रीले बताए ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...