View Point Long Banner Ad

कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन ः योगेश भट्टराई

 

११ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराएका छन् ।

उनले नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताए ।

 

‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे ।

 

‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने ।

विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको उल्लेख गरे ।

‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले भयंकर विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने ।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।

‘धर्म र संस्कृतिलाई जब हामी निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ यो हामीले दुनियामा देखेका छौं’ भट्टराईले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै उनले नेपालले् अवलम्बन गरेको संघीयता सहकारिता, समन्वयकारिता र सहअस्तित्वसहितको समेत भएको स्मरण गरे ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...