View Point Long Banner Ad

कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगन्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत् आयात गर्न नदिएको कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको बताए । धेरै विद्युत् खपत हुने समय बेलुका ५ देखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उनको भनाइ छ । उनले ४५६ मेगावाट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५÷६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ ।

उनले भने, ‘दुईतीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले वीरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरूमा दिउँसो पनि हामीले कममा विद्युत् चलाउनु पर्ने समस्या भएको हो ।’

कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । अन्य ग्राहकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत् कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत् उत्पादन नहुनु नै रहेको बताए ।

उनले भने,‘अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहतिको डिमाण्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहिँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरूलाई । अन्य ग्राहकको लागि कुनै समस्या छैन । हामी पिक टाइमको लागि पनि भारतसँग विद्युतको लागि माग गर्दै पत्र पठाएका छौँ । यस्तै समस्या पोहोर साल पनि भएको थियो । केही ट्रान्समिसन लाइनहरूको समस्या अहिले पनि छ ।’

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूमा भइरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...