View Point Long Banner Ad

विश्वका नेताहरुद्वारा लेवनानमा अस्थायी युद्ध विराम गर्न आग्रह

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको युद्ध नरोकिने अवस्था देखेपछि अमेरिका, बेलायत र युरोपियन युनियन सहितका अन्य देशहरुले लेवनानमा अस्थायी युद्ध बिराम गर्न आह्वान गरेका छन्।

ती देशहरुले संयुक्त विज्ञप्ति जारी गर्दै २१ दिनको लागि युद्ध विराम गर्न दुबै पक्षलाई आग्रह गरेका हुन् । त्यसैगरी इजरायल र प्यालेष्टाइन बीच गाजामा भइरहेको युद्ध पनि तत्काल रोक्न आग्रह गरेका छन् । कुटनीतिक पहल मार्फत युद्ध समाधान खोज्नु पर्ने भन्दै ती देशहरुले इजरायल र हिजबुललाह तथा इजरायल र प्यालेष्टाइनको युद्ध रोक्न आग्रह गरेका हुन् ।

इजरायलका सैन्य प्रमुखले हिजबुल्लाह बिरुद्ध हवाइ मात्रै नभइ स्थलमार्ग बाट पनि आक्रमण गर्न सकिने बताएपछि ती देशहरुले युद्ध विरामको लागि आग्रह गरेका हुन् । संयुक्त विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन् । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा विश्व नेताहरूको बैठक पछि यस्तो आग्रह गरिएको हो । अमेरिकी राष्ट्रपति जो वाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा जारी अर्काे युद्धले सर्व‘ाधारण नागरिक ज्यादै प्रभावित भएकाले त्यस तर्फ ध्यान दिन पनि युद्धरत पक्षलाई आग्रह गरेका छन् ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...