View Point Long Banner Ad

एन्फा महिला लिगमा संकटा क्लव विजयी

काठमाडौं । एन्फा महिला लिगमा संकटा क्लवले दोस्रो जित निकालेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले सुदूरपश्चिम प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । संकटाका लागि टोमिलोपे जेनिफरले ४ तथा ममता पुन र पुर्णिमा हमालले समान १–१ गोल गरे ।

जितसँगै ७ खेलबाट ८ अंक जोडेको संकटा तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा अंक बिहीन सुदूरपश्चिम तालिकाको पुछारमा छ । शनिबार नै भएको दोस्रो खेलमा वालिङ नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लबले सुपर लिगमा स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले वालिङलाई २–० ले हराएको हो । पुलिसका लागि सम्झना लावतीले ६७औँ र इन्जुरी समयमा गोल गरिन् । जितसँगै ७ खेलबाट १५ अंक जोडेको पुलिसले शीर्ष पाँचमा स्थान पक्का गरेको हो । पुलिस लिगको तेस्रो स्थानमा छ ।

पराजित भए पनि वालिङले शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । सात खेलबाट १२ अंक जोडेको वालिङ चौथो स्थानमा छ ।


बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग...

वि.सं.२०८१ चैत ३१ आइतवार १५:३१

  ३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ...

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव नियुक्त

दसौं राष्ट्रिय खेलकुद ः ११ उपसमितिमा सचिव...

वि.सं.२०८१ चैत २६ मंगलवार १५:१७

२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा...

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी–२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल...

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:२५

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय...

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५६

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले...

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले...

वि.सं.२०८१ चैत १२ मंगलवार १४:५२

  १२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य...

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

वि.सं.२०८१ चैत १ शुक्रवार १२:०४

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले...