View Point Long Banner Ad

इजरायलद्वारा हिजबुल्लाहका सैन्य अखडामा बम वर्षा

एजेन्सी । लेवनानको लडाकु संगठन हिजबुल्लाहका लडाकुहरुले बोक्ने पेजर र वाकीटकी विष्फोट भएको घटनापछि इजरायल र हिजबुल्लाहबीच क्षेप्यास्त्र हानाहान भएको छ ।

इजरायलले बिहीबार राती दक्षिणी लेबनानस्थित हिजबुल्लाहका सैन्य अखडाहरु लक्षित गरी बम वर्षा गरेको हो । इजरायली प्रतिरक्षा सेनाले कम्तिमा सय वटा क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ । ती क्षेप्यास्त्र ईजरालयतर्फ प्रहार गर्न तयारी अवस्थामा राखेको बेला हवाइ आक्रमण गरी नष्ट गरिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली आक्रमणलगत्तै हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ करीब डेढ सय क्षेप्यास्त्र प्रहार गरेको छ । हिजबुल्लाहको आक्रमणका कारण इजरायलमा आपत्कालिन साइरन बजाइएको थियो । हिजबुल्लाह नेता हसन नसरुल्लाहले इजरायली आक्रमणको बदला लिने घोषणा पनि गरेका छन् ।

गत मंगलबार हिजबुल्लाह सदस्यहरुले बोकेका पेजर विस्फोट हुँदा कम्तिमा एक दर्जन बढीको मृत्यु भएको थियो भने २८ सय घाइते भएका थिए ।

यस्तै बुधबार वाकीटकी विष्फोट हुँदा करीब ४० जना मारिएका थिए भने सयौं घाइते भएका छन् । यी दुई घटनापछि हिजबुल्लाह समूहमा आतंक मच्चिएको छ भने इजरायलले अहिलेसम्म सो विषयमा टिप्पणी समेत गरेको छैन ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...