View Point Long Banner Ad

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

एजेन्सी । लेबनानमा विद्युतीय उपकरणले त्रास बढाएको छ । लगातार दुई दिन पेजर र वाकीटकी पड्किँदा ३२ जनाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् ।

उक्त विस्फोटमा परी ३ हजार ५ सय भन्दा धेरै मानिसहरु घाइते भएका छन् । घटनापछि फोन वा अन्य उपकरणहरू पनि पड्किने हो कि भन्ने भयमा लेबनानबासीहरू रहेका छन् । मंगलबारको शृङ्खलाबद्ध पेजर विष्फोटको घटनामा मृत्यु भएकाहरूको समवेदनाका लागि जम्मा भएकाहरूको हुलमा बुधबार वाकी टकी पड्किएको थियो । यी घटनापछि बेरुतको विमानस्थलमा वाकी–टकी र पेजरमा प्रतिबन्ध लगाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौं विस्फोटका घटनापछि लेबनानबासीहरू भयले आक्रान्त बनेका छन् । अधिकांश मानिसहरूमा आफूले बोकिरहेको अन्य कुनै उपकरण त पड्किने होइन भन्ने भय, डर र त्रास बढेको छ ।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले पेजर विस्फोटको घटना लेबनानको सार्वभौमिकता र सुरक्षामाथिको आक्रमण भएको भन्दै यसले व्यापक युद्धको सङ्केत दिने बताएका छन् । हेजबुल्लाहले यस घटनामा इजरायल पूर्ण रूपमा जिम्मेवार रहेको बन्दै बदला लिने चेतावनी दिएको छ । तर, इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् । विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताएका छन् ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...