View Point Long Banner Ad

इस्कोनमाथि जग्गा कब्जा गरेको भन्दै अदालतमा मुद्दा

काठमाडौं । काठमाडौको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्वर ५ मा रहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को राधाकृष्ण मन्दिरले ३३ रोपनी सार्वजनिक जग्गा कब्जा गरेको भन्दै अदालतमा मुद्दा परेको छ ।

लगभग ४२ रोपनी जग्गामा फैलिएको मन्दिरले ३३ रोपनी सार्वजनिक जग्गा हडपेको खबर सामाजिक सञ्जालहरुमा भाइरल त भयो । तर मन्दिर छेउछाउका रैथाने सामाजिक सञ्जालमा फैलिएको बिनाआधारका समाचारले चकित बनेका छन् । काठमाडौं जिल्ला अदालतमा मुद्दा नै परेपछि बुढानिलकण्ठ नगरपालिकाले यसको अनुसन्धान गरिरहेको छ । भाइरल हुने होडमा स्कोन विरुद्ध मुद्दा दर्ता गराइएको हुन सक्ने स्थानीय बताउँछन् ।

मन्दिरले सार्वजनिक जग्गा आफ्नो बनाएको विषय बाहिर आएपछि मन्दिरका अधिकारीसँग कुराकानी गर्दा आफूहरु धार्मिक संस्था भएकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्ने,प्रमाण भए पुरै क्षेत्र छोड्न तयार भएको बताउँछन् । त्यहाँका स्थानीयसँग कुराकानी गर्दा स्कोनले त्यत्रो ३३ रोपनी सार्वजनिक जग्गा कब्जा नगरेको बताउँछन् ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी पनि स्कोनले त्यत्रो जग्गा कब्जा गर्यो भन्ने सामाजिक सञ्जालमा फैलिएको विषय सत्य नभएको बताउँछन् । अदालतमा मुद्धा परेको विषयमा तत्काल प्रतिक्रिया नदिएपनि उनले साढे दुई रोपनी सार्वजनिक जग्गा स्कोन मन्दिर क्षेत्रभित्र घुसेको हुनसक्ने बताउँछन् । तर स्कोनले बाटोको लागि त्यतिनै जग्गा छोडेकाले खासै विवाद गर्न आवश्यक नभएको उनको प्रतिक्रिया छ ।

मन्दिरले ३ कित्ता जग्गा बाटोमा छोडेको छ । कित्ता नम्बर ११८ विष्णुमति खोलाको हो । जुन खोला मन्दिर क्षेत्र हुँदै बगेको छ । भाइरल भएको समाचारमा मन्दिरले खोलाको धारनै परिवर्तन गरी,खोलालाई मन्दिरको क्षेत्रभित्र पारिएको दाबी गरिएको छ । तर बाहिर भनिएजस्तो मन्दिरले खोलाको धार परिवर्तन गरेको देखिदैन । मन्दिरको प्रवेशद्वारमै सौचालय छ,सौचालयसँगै पार्किङ र चमेना गृह छ । मन्दिरका अधिकारी चमेना गृह स्थानीयको सहमतिमा सार्वजनिक जग्गामा बनेको स्वीकार गर्छन ।आफूहरु भोलिनै चमेना गृह छोड्न तयार भएको उनीहरुको भनाइ छ । मन्दिर लगभग ४ दशक अगाडि स्थापना भएकाले विभिन्न समयमा खोलाको डिलको मापदण्ड परिवर्तन भइरहेको छ । त्यसमा पनि खासै विवाद गर्नु आवश्यक नभएको नगरपालिका बताउँछ ।

लगभग ६० वर्ष अगाडि अमेरिकाको न्युर्योक शहरमा स्थापित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन)को शाखा अहिले १५० भन्दा बढि देशमा फैलिएको छ । भक्तिवेदान्त स्वामी प्रभुपदाले शुरुवात गरेको स्कोन मन्दिर नेपालका ४० भन्दा बढि जिल्लामा छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ५ मा रहेको स्कोन मन्दिरको कारण त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल बढेको छ । मन्दिरकै कारण त्यहाँका स्थानीय खुशी छन् ।

सामाजिक सञ्जालमामा पोष्ट हुने सामाग्री सबै सत्य नहुन पनि सक्छन् । यस्ता सामाग्रीले चरित्र हत्या भइरहेका पनि छन् । तर कानुन सबैलाई बराबर लाग्नुपर्छ । मन्दिरले सार्वजनिक जग्गा मिचेको छ भने उ पनि कारवाहीको भागिदार हुनुपर्छ । नगरपालिका तथा नापी विभागले चाँडो भन्दा चाँडो यथार्थ सार्वजनिक गर्नुपर्छ भन्ने भनाई स्थानीयको छ ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...